काठमाडौं, भदौ । विवेकशील नेपाली दलले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न नेकपाले गरेको निर्णय फिर्ता लिन माग गरेको छ ।
दलले मंगलबार विज्ञप्ती निकालेर प्रत्यक्ष निर्वाचनमा पराजित भएका व्यक्तिहरुलाई व्यवस्थापन गर्नका लागि राष्ट्रिय सभा नभएकाले त्यस्तो गर्नु अनुपयुक्त हुने दलले जनाएको हो ।
दलले यस्तो गतिविधीले राजनीतिक दलका नेताहरु पद विना एक क्षण पनि बस्न सक्दैनन भन्ने सन्दश समेत जाने विषयमा ख्याल गर्न नेकपालाई आग्रह गरेको छ ।
निर्वाचनमा पराजित यक्ति त्यही कार्यकालमा मन्त्री नियक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई वेवास्ता गर्दै बामदेव गौतम मन्त्री हुने उद्देश्यसहित राष्ट्रिय सभामा जान खोज्नुले कानुनी राज्यको खिल्ली उडाएको विवेकशील नेपाली दललको ठहर छ ।
साथै दलले नेकपासँग बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानै पर्ने विषयमा जवाफ दिन पनि माग गरेको छ ।