२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कर्णालीका प्रदेश सांसद श्रेष्ठलाई कोरोना पुष्टि

सोमवार , भाद्र २२, २०७७

काठमाडौँ, भदौ । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।

जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि खलंगा बजारमै रहेका थिए । ‘जुम्लामा दिनहुँ संक्रमणको दर बढ्दो छ । मलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गरेको थिएँ,’ अध्यक्ष श्रेष्ठले  भने, ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।’

अहिले आफू होम आइसोलेसनमा रहेको कुनै लक्षण नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन । म घरमै आइसोलेसनमा बसिरहेको छु,’ उनले भने, ‘मेरो सम्पर्कमा रहेकाहरुलाई पनि नआत्तिन आग्रह गर्छु ।

सबैको पीसीआर परीक्षण गर्ने काम हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार