२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधिसभा, शिक्षा अन्तर्गत उपसमिति बैठक

काठमाडाै प्रजिअ दाहालले भने : 'उपत्यकाको नाका थाम्न सेना परिचालन गरौं'

उपत्यकामा कडाई गर्नुपर्ने र सहजीकरण गर्दै जानुपर्ने

आइतवार , भाद्र २१, २०७७

 

 

 

काठमाडौं,  भदौ  । काठमाडौं उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिदा काेराेना संक्रमणा बढदै गएकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले  बताएका छन । उनले भने,  प्रवेश विन्दुमा नेपाली सेना  नै खटाउनुपर्ने अवस्था अाएकाे  बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले भने,  'उपत्यका प्रवेश गर्ने  ‘ठप्प पार्ने हो भने भोकमरी हुन्छ’ उनले भने, जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् ।'

त्यसको व्यवस्थापनमा उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने उनले बताए । ‘अहिले नेपाल प्रहरी खटाइएको छ, उसले गर्न सकेन भन्ने होइन । तर सडकमा लडेको जड्याहालाई उठाउनेदेखि सुन चोरसम्म पक्राउ गर्नुपर्ने जिम्मा छ’ उनले भने, ‘नाकाको जिम्मा नेपाली सेनालाई दिऔं भनेका हौं ।’

यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएपनि कुनै निर्णय नभएको उनले बताए । उनले उपत्यकामा कडाई गर्नुपर्ने र सहजीकरण गर्दै जानुपर्ने अप्ठ्यारो रहेको बताए ।

चार महिनाको लकडाउन र पछिल्लो पटक तीन साताको निषेधाज्ञाका कारण मानिसहरुले खान नपाएको गुनासो आउन थालेको भन्दै दाहालले भने, ‘कोरोनासँग बाच्न सिक्नुपर्छ ।’

अहिले पनि जनस्वास्थ्यका मापदण्ड सीमित मानिसहरुले मात्र पालना गर्ने गरेको भन्दै उनले यसमा सचेत हुनुपर्ने बताए । सरकारका निकायहरुले आफ्नो मातहतमा पर्ने क्षेत्रको अनुगमन गर्नुपर्ने उनको धारणा छ ।

प्रजिअ दाहालले क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गर्नुपर्ने, पीसीआर टेष्टका लागि स्वाब दिएकाहरुलाई रिपोर्ट नआउँदासम्म घरमै राख्नुपर्नेमा जोड दिए । स्वाब दिएका बाहिर हिड्ने हो भने संक्रमण रोक्न नसक्ने भन्दै उनले भने, ‘यसमा वडाले हेर्नुपर्‍यो, हेरनन् भने कारबाही गर्नुपर्‍यो ।’

कोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने उनले बताएका छन् । संक्रमण बढ्दै जाँदा मृत्यु हुनेहरुको संख्या पनि बढ्ने र अहिले भएको ठाउँले नधान्ने अवस्था आउनसक्ने भन्दै प्रजिअ दाहालले भनेका छन्, ‘त्यस्तो स्थिति नआओस् तर, आइहाल्यो भने के गर्ने भनेर तयारी गर्नुपर्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार