२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बीपी प्रतिष्ठान धरान : 'विराटनगरकी एक महिलाको मृत्यु'

शनिवार , भाद्र २०, २०७७

 

काठमाडौं भदौ,। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् ।

उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।  प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसको भोलिपल्ट उनलाई  प्रतिष्ठानमा भर्ना गरिएको थियो ।्र न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो ।

बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । पछिल्लो पटक श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको जनाइएकाे छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार