२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अर्थमन्त्रीकाे बहिर्गमन

अर्थमन्त्री खतिवडा : "असहजमै सकियाे कार्यकाल "

'राजनीतिक रुपमा प्रधानमन्त्रीबाहेक अन्य नेताको बलियो साथ पाउन सकेनन्'

शुक्रवार , भाद्र १९, २०७७

 

 

काठमाडौं, भदौ । आजैदखि अर्थमन्त्री डा. खतिवडाको कार्यकाल सकिएको छ । र, उनी आजैदखि सिंहदरबारबाट बाहिरिँदैछन् । खतिवडाको कार्यकाल भोलिसम्म रहने भएता पनि भोलि शनिबार परेकाले उनले अर्थमन्त्रीका रुपमा काम गर्न पाउने आज अन्तिम दिन हो ।

विज्ञका रुपमा अर्थमन्त्री खतिवडाले केपी ओलीको मन्त्रिपरिषदमा बसेर के–कस्ता काम गरे ? यसबारे भविश्यमा समीक्षा हुँदै जानेछ ।

यो अढाई वर्षमा अर्थमन्त्री खतिवडाले दुई पटक मन्त्रालय पदभार सम्हाल्ने मौका पाए । राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि गत फागुनमा उनी राजनीतिक रस्साकस्सीकै बीचमा अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । यो पुनर्नियुक्तिको ६ महिने कार्यकाल पनि समाप्त भएको छ ।

खतिवडाको बहिर्गमन कोरोनाका कारण उत्पन्न अत्यन्त प्रतिकुल अवस्थाका बीच भएको छ । उनको फिर्तीको समयमा देश एउटा गम्भीर आर्थिक समस्यासँग जुध्दैछ ।

महामारीसँगसँगै उत्पन्न आर्थिक समस्यासँगको लडाइँको बीचमा हुन लागेको कमाण्डरको हेरफेरले कस्तो नतिजा दिन्छ भन्ने भविष्यले नै बताउने नै छ । तर, खतिवडाको कार्यकालको समीक्षा भने यही विन्दुमा पनि हुनेछ ।

खतिवडाले आर्थिक सुशासनको नारा दिएर सिंहदरबारमा बजेट माग्न धाउने सांसद, नेतादेखि स्थानीय तहका जनप्रतिनिधिलाई रुखो जवाफ फर्काए । जसका कारण सुरुबाटै उनले राजनीतिक रुपमा प्रधानमन्त्रीबाहेक अन्य नेताको बलियो साथ पाउन सकेनन्

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार