२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चितवन : "एकैदिन थपिए ७४ कोरोना संक्रमित"

शुक्रवार , भाद्र १९, २०७७

 

 

चितवन,  भदौ । चितवनमा एकैदिन चितवनमा  ७४  कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ रहेका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ मा छन् ।

संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका हुन् । जिल्लामा संक्रमितको संख्या झण्डै ९ सय पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार