काठमाडौं, भदाै । गण्डकी प्रदेशमा ४० कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालय का अनुसार पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ मा ४ जना, वडा नं. ५ मा ५ जना, वडा नं. ४ मा २ जना, वडा नं. २ मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पूर्वी नवलपरासीकै देवचुली वडा नं. ७ मा १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिकामा १६ जना संक्रमित फेला परेका छन् ।
पोखरा महानगरपालिकाको वडा नं. १५ मा कार्यरत ७ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी वडा नं. ७ का १ जना, वडा नं. १२ का १ जना, वडा नं. १० का ३ जना, वडा नं. २७ का २ जना तथा वडा नं. १४, ५ र ३० का १–१ जनामा संक्रमण पुष्टि भएको छ ।
लम्जुङ जिल्लाको मध्य नेपाल–१ मा १ र राईनाश–९ मा २ मा कोरोना पुष्टि भएको छ ।
यसैगरी स्याङ्जाको कालीगण्डकीका १ , बाग्लुङको ताराखोला–३ का एक र तनहुँको म्याग्देका १ मा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।