वीरगञ्ज,भदाै । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ मा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना र बाराका १९ मा कोरोना संक्रमण देखिएको हो । संक्रमित सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् ।
बिहीबार प्रयोगशालामा ५८४ को पीसीआर परीक्षण गरिएकोमा ४५ मा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएकाे छ । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितमध्ये १०महिला छन् ।
संक्रमितमध्ये २९ को सिटि भ्यालु २४ र २४ भन्दा कम छ भने १६ को सिटि भ्यालु २५ भन्दा बढी छ । अस्पतालका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ ।
वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ मा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
उनीहरु ३७, ३२, २६, २७ र २१ वर्षीय पुरुष हुन् । वीरगञ्जको वडा नं. ९, १०, ११, १४ र २२ मा २÷२ जना र वडा नं. ८, १५ र २१ मा १÷१ जनामा कोरोना देखिएको छ । संक्रमित मध्ये १ जनाको ठेगाना खुलेको छैन । बाराको निजगढ नगरपालिकाबाट पठाइएको स्वाबका नमुना परीक्षण गर्दा १४ मा कोरोना देखिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय निजगढका ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका ६ जना र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।