काठमाडौँ, भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । त्यसको तयारी छलफलका लागि दुई अध्यक्षबीच अहिले बालुवाटारमा छलफल जारी छ ।
सचिवालय बैठकमा मुख्यतः कार्यदलको प्रतिवेदन तथा राष्ट्रिय सभा सदस्य विषयमा छलफल हुने बताइएको छ । सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे सचिवालय बैठक बालुवाटारमा बस्दैछ । ‘
यसअघि गत शनिबार १३ गतेका लागि सचिवालय बैठक तय भएको थियो । तर केही नेताहरू आइसोलेसनमा बस्नु भएपछि बैठक बिहीबारका लागि सारिएको थियो ।
वरिष्ठ नेता खनालका अनुसार सचिवालय बैठकको मुख्य एजेण्डा कार्यदलले बुझाएको प्रतिवेदन र राष्ट्रिय सभा सदस्यको टुङ्गो लगाउनेछ ।
हालका अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाको समयावधि २० गते सकिँदैछ । सो ठाउँमा पार्टीको तर्फबाट कसलाई सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।