२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद बैठक निर्णय

आन्तरिक हवाई सेवा तथा सार्बजनिक यातायात : “भदौ मसान्तसम्म बन्द”

विदेशी कामदार लिने निर्णय गरेका मुलुकमा श्रम स्वीकृति खुला

सोमवार , भाद्र १५, २०७७

 


काठमाडौ, भदौैं । आईतबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान सेवा भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको छ । बिगत छ महिनादेखि बन्द रहेको सो सेवा भदौ १५ अर्थात आजसम्म  स्थगन थियो ।  
कोरोना भाइरस संक्रमणले देश नै आक्रान्त भएको बेला नियन्त्रण गर्न भदौ मसान्तसम्म लम्ब्याएको बैठकपछि एक मन्त्रीले जनाएका छन । 
यसअघि अन्तर जिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय भएको थियो । तर, कोरोना संक्रमण बढेसँगै भदौ १५ सम्म स्थगित भयो । त्यसको दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले अन्तरजिल्ला यातायात र अन्तरिक हवाई उडान भने भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो ।
सो बैठकले  विद्यालय र कलेज जस्ता शैक्षिक संस्था पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको जनाइएको छ ।  अन्तराष्ट्रिय हवाई उडान भने सर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति दिइएको छ ।

सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो। आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर रायले यसलाई बढाउनुपर्ने धारणा राखेका थिए । बैठकले त्यसमा भने सैद्धान्तिक सहमति दिइएको जनाइएको छ ।
बालुवाटार स्रोतका अनुसार, अब  कुनै रोजगार तथा अन्य कम्पनीले पीसीआर टेष्ट, होटल क्वारेन्टिनसहित सबै खर्च व्यहोर्ने गरी नेपाली कामदार पठाउन चाहे ५०० को कोटाभन्दा माथि पनि ल्याउन दिइने निर्णय भएको जनाइएको छ । ।
साथै विदेशी कामदार लिने निर्णय गरेका मुलुकका लागि श्रम स्वीकृति खुला गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले ल्हासा र हङकङका लागि महाबाणिज्यू दूतसमेत नियुक्त गरेको  जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार