२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक स्थगित : ' १८ गते बस्ने'

शनिवार , भाद्र १३, २०७७

 

काठमाडौँ, भदौ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बिहान ११ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ । बैठक १८ गतेका लागि तय गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत शनिबार ६ गते कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमाथि छलफल गर्न १३ गते शनिबारका लागि सचिवालय बैठक आह्वान भएको थियो । कोरोना सङ्क्रमण बढ्दै गएपछि केही नेताहरू आइलोसेसनमा बसेका कारण बैठक १८ गतेका लागि सारिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएका छन । 

हाल सचिवालय सदस्य वरिष्ठ नेता माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन ।  सअघि कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षबीच छलफल भइसकेको छ ।

अध्यक्षद्वयद्वारा अनुमोदित प्रतिवेदनमाथि सचिवालयमा थप छलफल गरी स्थायी कमिटी बैठकमा छलफलका लागि लग्ने अध्यक्षद्वयको तयारी छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार