२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आइसीसीको नयाँ वरियतामा नेपाल १५ औं स्थानमा

बिहिवार , भाद्र ११, २०७७

काठमाडौँ, भदौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ ।

यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ ।

स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् । नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार