२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी

नेकपा कार्यदल : "अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन"

अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने

शनिवार , भाद्र ६, २०७७

 

काठमाडौं, भदाै  । लामाे समयदेखी रहेकाे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

पार्टी महासचिव विष्णुप्रसाद पौडेल नेतृत्व कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनाए । 

कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।

यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकामा अब सहमतितिर ठोस पहल अघि बढेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार