२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद बैठक

सरकारले भन्याे : " लक्षण भएका संक्रमित मात्र अस्पताल भर्ना गरिने"

संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थाले

शुक्रवार , भाद्र ५, २०७७

काठमाडाै उपत्पयकालगायत पछिल्लो समय  देशभर नै संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेकाले लक्षण भएकालाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको  जनाइएकाे छ । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय छ ।

लक्षण नभएका तथा सामान्य लक्षण भएका होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ । त्यसको अनुगमन भने स्थानीय तहले अनुगमन दिनेछन् ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ ।

निजी अस्पताललाई लिनसक्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

मन्त्रालयले हालै कोभिडका बिरामीका लागि २० प्रतिशत बेड छुट्टयाउन निजी तथा सामुदायिक अस्पताललाई भनेको थियो भने मेडिकल कलेजलाई एक तिहाई बेड बराबर आइसोलेसन सेन्टर बनाउन भनेको थियो ।

तर निजी अस्पताल र जनस्वास्थ्य विज्ञहरुले भने कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा संक्रमण फैलिन  सक्ने र स्वास्थ्यकर्मीको व्यवस्थापन पनि कठिन हुने बताएका थिए  ।

मन्त्रिपरिषद्को बैठकले आईसीयू, भेन्टिलेटर र अक्सिजन र त्यसका लागि चाहिने जनशक्तिको प्रबन्ध गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ ।

साथै पीसीआर परीक्षणलाई बढाउने र कट्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउने निर्णय भएको सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार