२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

फिफाका अध्यक्ष इन्फान्टिनो नियम उल्लंघनको अभियोगबाट मुक्त

बिहिवार , भाद्र ४, २०७७

काठमाडौं, भदाै । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नियम उल्लंघन गरेको अभियोगबाट मुक्त भएका छन् ।

फिफाको इथिक्स कमिटिले प्रारम्भिक अनुसन्धानपछि इन्फान्टिनोलाई आरोप मुक्त गरेको हो । स्वीस महान्यायाधीवक्ता माइकल लाउबारसँग गोप्य रुपमा भेट गरेको अभियोगमा इन्फान्टिनोमाथि अनुसन्धान भएको थियो ।

दुवैजनाले कुनै पनि गलत काम नगरेको बताउँदै आएका छन् । स्वीस अदालतले दिएका कागजातहरुको अध्ययन गरिएको फिफाले जनाएको छ । त्यसबाट कुनै पनि गलत काम नभएको देखिएको फिफाले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार