२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

निषेधमा सञ्चार : 'सवारी साधन चलाउने सम्बन्धी यस्तो छ सूचना'

बुधवार , भाद्र ३, २०७७

काठमाडौं, भदाै । सरकारले काठमाडौं उपत्यकामा बुधबार मध्यरातबाट एकसातासम्म निषेधाज्ञा गरेको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सिफारिसमा सरकारले एक साताका लागि निषेधाज्ञा गरेको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको हो। जिल्ला प्रशासनले निषेधाज्ञा गरेको समयमा सञ्चार माध्यमले विशेष पास लिएर सवारी साधन सञ्चालन गर्न मात्र पाउनेछन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले सूचना सार्वजनिक गर्दै सञ्चार माध्यमका सवारी पासको विषयमा जानकारी गराएको हो। 

विभागका अनुसार यसअघि लकडाउनको अवधिका लागि जारी भउको सवारी पास सञ्चार माध्यमका सवारी साधनले प्रयोग गर्न पाउनेछन्। त्यसैगरी सवारी साधन प्रयोग गर्दा प्रयोगकर्ताले फोटोसहितको परिचय अनिवार्य रुपमा लगाउनु पर्नेछ।

सँगै सवारी पास सञ्चार गृहले अत्यावश्यक काममा मात्र प्रयोग गर्नुपर्ने छ। विभागले परिस्थितिलाई ख्याल गर्नै न्युनतम सवारी साधनमात्र प्रयोग गर्न आग्रहसमेत गरेको छ। 


  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार