२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोरोना भाइरसको संक्रमण

प्रधानमन्त्री सहभागी सीसीएमसीको बैठक बालुवाटारमा

कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि भावी कदम र व्यवस्थापन मिलाउने

बुधवार , भाद्र ३, २०७७

काठमाडौं, भदाै । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारको विषयमा थप कदमको विषयमा छलफल गर्न कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्ट (सीसीएमसी)को बैठक सुरु भएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकमीर्लाइ िदएकाे जानकारी अनुसार बैठकमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि भावी कदम र व्यवस्थापन मिलाउने विषयमा छलफल भइरहेको छ। छलफलमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी छन्। 

काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सुझावमा बुधबार राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ६८१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १५९ जना उपत्यकाका मात्र रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार