२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेसका नेता गगन थापाले भने : 'बुद्धको जन्मभूमिबारे परराष्ट्रकाे परिपक्व वक्तव्य. परिपक्व नतिजा '

सोमवार , श्रावण २६, २०७७

काठमाडौं, साउन । बुद्धको जन्मभूमिबारे परराष्ट्र मन्त्रालयको परिपक्व वक्तव्यले परिपक्व नतिजा ल्याएका नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् । 

नेता थापाले सामाजिक संजाल ट्वीटरमा बुद्ध जन्मभूमिबारे भारतीय विदेशमन्त्रीको धारणा अाएकाे र त्यसमा  नेपालले जनाएकाे प्रतिक्रिया र सो प्रतिक्रियामा भारतीय विदेश मन्त्रालयको थप टिप्पणीका सन्दर्भमा उनले अाफ्नो भनाई राखेका थिए । 

थापाले् लेखेका छन्, 'लुम्बिनी भगवान् बुद्धको जन्मभूमि हो भन्ने तथ्यको सम्पूर्ण विश्व साक्षी छ । यसमा कुनै विवाद थिएन, छैन र हुँदैन।बेतुकको बहसमा नअड्कने परराष्ट्र मन्त्रालयको परिपक्व धारणा सही छ । साथै भारतको भर्खरको स्पष्टीकरणले, परराष्ट्र मामिलामा परिपक्व धारणाको प्रभावकारी नतिजा मिल्छ भन्ने प्रमाणित गरेको छ ।'

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार