२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा नेताद्वय पौडेल र पोखरेल खुमलटार

अध्यक्ष प्रचन्डले भने : 'मिल्नुपर्छ मात्र भनेर हुन्छ ? ओलीबाट निकासको प्रस्ताव ल्याउनुस'

केपी ओलीसँग सहमति गरेर निकास ल्याअाै

शनिवार , श्रावण २४, २०७७

 

काठमाडौं, साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयको वार्ता रोकिएकाे छ । यही बेला नेताद्वय विष्णु पौडेल र शंकर पोखरेल भने शनिबार खुमलटार पुगेर अध्यक्ष प्रचन्ड समक्ष कुरा राखे ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अर्का अध्यक्ष एवं प्रधानमधी केपी शर्मा ओली निकट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल खुमलटार दुई अध्यक्षवीचको सहमतिमा जोड दिए । 

अध्यक्ष  प्रचण्डले  भने आफूहरु सहमतिकै पक्षमा रहेको, गतिरोध अन्त्यका लागि भने ओलीले निकास दिनुपर्ने बताएको स्रोत बताउछ ।  ओली आफ्नो अडानमा टसका मस नभएको भन्दै उनले भने, ‘मिल्नुपर्छ मात्र भनेर हुन्छ ? केपी ओलीसँग सहमति गरेर निकासको प्रस्ताव ल्याउनुस् ।’

ओली र प्रचण्ड-माधवकुमार नेपाल पक्षको विवादका कारण नेकपाको स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड-नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न दबाव दिएका थिए ।

पटक-पटक भएको वार्तामा सहमति जुटन नसकेपछि ओलीले १३ साउनको बैठक एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर, प्रचण्डले बहुमत स्थायी कमिटी सदस्य राखेर ओलीको निर्णयमा आपत्ति जनाए ।

यद्यपि त्यो बैठकले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेर स्थायी कमिटी सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिए । त्यसअनुसार दुई अध्यक्षबीच भेटवार्ता भएपछि सहमति जुट्न सकेन र, केही दिनयता दुई अध्यक्षबीच वार्ता भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार