२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट आउँदो वर्ष भारतमा हुने, महिला विश्वकप एक वर्ष पछि सर्‍यो

शुक्रवार , श्रावण २३, २०७७

काठमाडाै, साउन । आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट (पुरुष) आउँदो वर्ष भारतमा हुने भएको छ। आइसिसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर सन् २०२१ मा भारतमा विश्वकप क्रिकेट हुने उल्लेख गरेको हो ।

यो प्रतियोगिता आउँदो अक्टोबर १८ देखि अस्ट्रेलियामा हुनु पर्ने थियो, तर कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।

कोरोना भाइरसको महामारीका कारण २०२१ मा हुने भनिएको महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको पनि आइसिसीले जनाएको छ । यस्तै २०२२ मा पनि अस्ट्रेलियामा ट्वेन्टी–ट्वेन्टी विश्वकप हुने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार