२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोरोना अनुगमन समिति

कांग्रेसद्वारा गठित कोरोना अनुगमन समिति र चिकित्सक संघबिच छलफल

सेवा-सुविधामा सरकारले ध्यान नदिएको आरोप

शुक्रवार , श्रावण २३, २०७७

नेपाली कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले महामारी नियन्त्रणमा काम गरिरहेका चिकित्सकहरुको अवस्थाबारे नेपाल चिकित्सक संघसँग छलफल गरेको छ  ।

पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले शुक्रबार संघको कार्यालयमा पदाधिकारीहरुसँग छलफल गरेको हो ।

स्वास्थ्यकर्मीले भोगिरहेका समस्या र समाधानका विकल्पमा छलफल केन्द्रित थियो । छलफलका सहभागीहरुले महामारीका समयमा पहिलो लाइनमा रहेर काम गर्नुपर्ने चिकित्सकहरुको मनोबल बढाइ सेवा-सुविधामा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

अनुगमन समिति संयोजक एवम् सहमहामन्त्री महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्‍न सरकारले सेवा-सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा समिति सदस्यहरु एनपी साउद, डा. प्रभु बुढाथोकी, डा. लक्ष्मीराज पाठक, राजिवविक्रम शाह, नैनसिंह महर र नेपाल चिकित्सक संघका पदाधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार