२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना

बिहिवार , श्रावण २२, २०७७

काठमाडौं, साउन। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्री नवल किशोर साहका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको  हो । कोरोना पोजेटिभ देखिएपछि यादव आफ्नै निवासमा आइसोलेसनमा बसेको उनका स्वकीय सचिब ललित मण्डलले जानकारी दिए । 

यादव केही दिनअघि संघीय सरकारले काठमाडौंमा आयोजना गरेको प्रहरी समायोजन सम्बन्धि बैठकमा सहभागी भएर एकसाता अघि जनकपुर फर्किएका थिए । त्यसैगरी, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।

उनी जनकपुर स्थित आफनै निवासमा आइसोलेसनमा बसेकी छन् ।  सांसद यादवले आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको तर, रिपोर्ट पोजेटिभ आएकोले घरमै आइसोलेसनमा बसेको बताइन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार