२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल कम्युनिष्ट पार्टी

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच आजपनि छलफल हुने, यस्ता छन् विषय

बैठक मान्ने की नमान्ने भन्ने विषयमा नयाँ विवाद

सोमवार , श्रावण १९, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि वार्ता हुने तयारी भएको छ ।

केही समयदेखि पटक पटक वार्ता हुदै आएपछि सहमती हुन नसकेकाले बैठकले आज पनि निरन्तरता पाउने संभावना रहेको निकटस्थहरुले जानकारी दिएका छन् ।नेकपाका दुई अध्यक्षका बीचमा पहिला सचिवालय बैठक बस्ने की स्थायी कमिटि बैठक बस्ने भन्नेमै विवाद हुन थालेको छ ।

प्रधानमन्त्री ओलीले पहिला सचिवालय बैठक बसेर सहमतीको वातावरण बनेपछि मात्रै स्थायी कमिटि बैठक बोलाउनु ठिक हुने अडान राख्नु भएको छ भने अर्का अध्यक्ष प्रचण्ड पक्षले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनु पर्ने अडान राखेका छन् ।

सचिवालयमा आफ्ना पक्षमा बहुमत पुग्ने भएपछि पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालय बैठकका पक्षमा उभिनु भएको हो भने स्थायी कमिटिमा आफ्नो पक्षमा बहुमत भएकाले प्रचण्ड पक्ष स्थायी कमिटिको पक्षमा रहेको छ ।

त्यस बाहेक ओलीले स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बसेको यसअघिको स्थायी कमिटिको बैठकलाई औपचारिक बैठक मान्ने की नमान्ने भन्ने विषयमा पनि उहाँहरुका बीचमा नयाँ विवाद भएको छ ।

पार्टी र सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको, सरकारले पार्टीको निर्णय र निर्देशन नमानेको, कार्यविभाज न्यायोचित नभएकोलगायतका विषयमा नेकपा भित्र लामोसमयदेखि शक्ति संघर्षसहितको विवाद हुदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार