२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सभामुखसहित सचिवालयमा कार्यरत सबैकाे कोरोना रिपोर्ट नेगेटिभ

शनिवार , श्रावण १७, २०७७

  काठमाडौं,साउन । सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार १६ साउनमा सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा सभामुख सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको रिपोर्ट नेगेटिभ आएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि गए अबेर राति रिपोर्ट प्राप्त भएको न्यौपानेले उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार