२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

तुलसीलाल अमात्यको २३ औं स्मृति दिवस

अध्यक्ष प्रचण्ड भने : "एकता जोगाउने नाममा गलत प्रवृत्तिको ढाकछोप नगरौं "

अस्थिरता झल्किने काम नहोस भन्न आफ्नो तर्फबाट 'सेक्रिफाइज' गरिएका छन्’

शनिवार , श्रावण १७, २०७७

 

काठमाडौं, साउन । एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

अध्यक्ष प्रचण्डले  कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसमा आयोजिक कार्यक्रममा भने,गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने  छ।

कुनै पनि बाहानामा पार्टी विभाजन हुनु हुँदैन भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै उनले भने, ‘अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनु हुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने सचेत छौँ ।”

साथै उनले बाहिर चर्चा गरे जस्तो पार्टीभित्र कुनै पद प्रान्तिका लागि विवाद नरहेको उल्लेख गर्दै उनले भने, ‘पटक पटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्’ उनले भने, ‘त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन ।’

‘कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्नपर्छ । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्दि्रत भएर हाम्रा छलफल चलिरहेका छन ।”

अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने भन्दै एकता टुटाउने फुटाउने प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार