२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरिता गिरीको ठाउँमा आज लिलादेवी सिटौलाले सपथ लिँदै

मंगलवार , श्रावण १३, २०७७

काठमाडौँ, साउन । जनता समाजवादीको रिक्त समानुपातिकतर्फको एक सिटमा सांसद लिलादेवी सिटौलाले सपथ लिँदैछिन् ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे नवनिर्वाचित समानुपातिकतर्फका सांसद सिटौलालाई सपथ खुवाउने कार्यक्रम तय भएकाे सभामुखको निजी सचिवालयले जनाएको छ । 

गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार