२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

केन्द्रीय सदस्य दिने तयारी

राप्रपा छाडेका सुनिल थापासहित ५ जना आज नेपाली कांग्रेसमा प्रवेश गर्दै

कांग्रेसभित्र केही नेताहरु असन्तुष्टि

सोमवार , श्रावण १२, २०७७

काठमाडौं, साउन ।  राप्रपा छाडेका सुनिलबहादुर थापासहितका केही नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। कांग्रेसले थापालाई सह महामन्त्री र अरु ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको बुझिएको छ ।

थापाले आफूलाई महामन्त्री र अन्य ११ जना नेतालाई केन्द्रीय सदस्य माग गरेका थिए । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन् ।

थापा पार्टी प्रवेश गर्ने भएपछि कांग्रेसभित्र केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार