काठमाडौं, साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बिबाद बढ्दै गएपछि किनारा लगाउन मंगलबार स्थायी समिति बैठक बस्दैछ । यही बैठकबारे आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ निवासमा आज उनी पक्षधरको बैठक बस्यो ।
उपस्थित एक बरिष्ठ सदस्यले भने, यदी प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभए के गर्ने भन्ने बिषयमा छलफल भएको र बैठकमा उपस्थित स्थायी समिति सदस्यको बहुमतले निणर्य गर्ने, जे गर्छ सबैले स्वीकार गर्नुपर्ने भन्ने निष्कर्ष निकालेको बताए । यदी जसले मान्दैन उसले आफूलाई कुन रुपमा प्रस्तुत हुने उसको बिचार रहने भन्ने निणर्य भएको जनाए ।
नेकपा स्थायी समिति बैठक यसअघि पनि पटक पटक बस्दै आएको छ । कति बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुने संभावना रहेको स्रोतको दावी छ । अर्कोतर्फ सँधै जस्तै बैठक केही क्षण अगाडि त स्थगित हुने त होइन ! भन्ने एकथरिलाई डर पनि रहेको छ ।
अब के हुन्छ त ?
अध्यक्ष ॅप्रचण्ड’ पक्षको निणर्य भनेको प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने नै अन्तिम बिन्दु हो । स्थायी समितिमा प्रचण्डको बहुमत छ । र, यसअघि पनि राजीनामा मागिसकेको नै हो । अन्तत ः निणर्य पनि त्यही हुन्छ, यसअघि जे कुराको उठान भएको छ ।
अब कुरा आयो ओली पक्षको । ओली पक्षधर एक सदस्यले डेमोखबरलाई भने, अहिलेको संरचना भनेको सहमतिको हो, बहुमत अल्पमतको कुरा छैन । यस्तै भन्ने हो भने ओली निर्बाचित पार्टी अध्यक्ष हुन । उनले नमान्न सक्छन, यसले महत्व राख्दैन । निर्वाचनमा जाने, त्यसपछि आधिकारिक हुन्छ, पार्टीले जे भन्छ त्यही अनुरुप हुन्छ ।