२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोरोना कहर:

घरबाहिर निस्कँदा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न गृहमन्त्रालयको निर्देशन

मास्क नलगाई हिँड्नेलाई कारबाही

आइतवार , श्रावण ११, २०७७

काठमाडौँ, साउन । सरकारले घरबाहिर निस्कँदा मास्क नलगाउनेलाई कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएकाे छ । 

गृह मन्त्रालयले कोरोना सङ्क्रमण फैलिन नदिन मास्क नलगाई घरबाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पुन: निर्देशन दिएको हो ।

लकडाउन खुलेसँगै जोखिम बढ्न सक्नेतर्फ सचेत रहेर नागरिकलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गरिएको र अटेर गर्नेलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहायक प्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो । 

लकडाउन खुलेपछि बजारमा भिडभाड र चहलपहल बढ्न थालेको छ । भिडभाडमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । 

यसअघि सरकारले गएको असार २२ गते मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार