काठमाडौँ, साउन । लामो समयदेखि काँग्रेसमा प्रबेश गर्ने चर्चामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल थापा र उनको समुह अन्तत : सो दलबाट राजीनामा दिई नेपाली कांग्रेसमा प्रवेशको तयारीमा छन ।
पिता सूर्यबहादुर थापा जीवित रहँदै प्रवेशको तयारी गरेका सुनिल थापा पार्टीभित्रका विविध कारणले प्रवेश गरेका थिएनन् । अहिले सुनिललगायत सो दलका ॅसिनियर’ नेता ३१ जनाले सो दलबाट राजीनामा दिईसकेका छन ।
सुनिल थापासँगै राप्रपाबाट राजीनानमा दिएका अर्का नेता बाबुराम बस्नेतले भने, अब राजीनामापछि काँग्रेस प्रवेशको तयारी हो । उनले थपे, अहिले राप्रपा छोडेर काँग्रेस प्रबेश गर्ने ठूलो समूह रहेको पनि बताए । हाललाई चाहिँ यही ॅटिम’ हो । काँग्रेश प्रवेश गर्न चाहेका एक सदस्यले भने, काँग्रेसमा आउनेको संख्या त ठूलैछ, तर काग्रेसले लिन चाहेको छैन । उनले थपे, ॅकाँग्रेसले हात खुला गरेन ।’
थापा र उनी निकट नेता कार्यकर्ताहरुले राप्रपाबाट सामुहिक राजीनामा दिएका छन् । कांग्रेस प्रवेशका लागि सभापति शेरबहादुर देउवासहित निकट व्यक्तिहरुसँग भइरहेको कुराकानीले पनि अब मूर्तरुप लिने भएको छ ।
पिता सूर्यबहादुर थापाले २०४६ सालको राजनीतिक परिवर्तनसँगै खोलेको राप्रपा टुट्दै जुट्दै फेरि ३ अध्यक्ष भएको राप्रपामा रुपान्तरण भएको थियो । यहाँसम्म आइपुग्दा छोरा सुनिल थापा सो पार्टीबाट साथीहरुसहित निस्किएका हुन्।
थापासँगै राप्रपाका उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य बिष्णुबिक्रम थापा, बाबुराम बस्नेत, बृजलाला यादवले पनि राप्रपा छाडेका छन् । त्यसैगरि राप्रपाका केन्द्रीय सदस्यहरु पदमहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, चतुरमान विश्वकर्मा, राम पदारथ शाह, नारायण राउत, पूर्व केन्द्रीय सदस्य बीरेन्द्रलाल कणर् र संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले पनि राप्रपा छोडेका छन् ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग दुई तीन चरण कुराकानी भएको थियो। देउवा उनलाई सहमहामन्त्री दिन तयार रहेको र पार्टी प्रवेश गर्नेहरुलाई उचित सम्मान दिने आश्वासन दिएपछि उनी निकटहरुले राप्रपाबाट सामुहिक राजिनामा दिएका हुन् ।
नेपाली कांग्रेस महाधिवेशनको संघारमा छ । महाधिवेशनको संघारमा थापालाई पार्टी प्रवेश गराइ पदाधिकारी दिएमा यसले महाधिवेशनलाई प्रभाव पार्नसक्ने आशंका कांग्रेसभित्र एकथरी नेताको छ । तर देउवा पक्षका नेताहरुले भने थापा कांग्रेसमा प्रवेश गरेमा यसबाट पार्टीलाई र समुहगत रुपमा पनि आफूहरुलाई फाइदा हुने विश्लेषण गरेका छन् ।
केहि समय अघिदेखि राप्रपाका औपचारिक कार्यक्रममा सहभागी हुन छोडेका थापा पार्टी कार्यालयमा पनि जान छोडेका थिए । उनी राप्रपा र राप्रपा(संयुक्त)वीच भएको पार्टी एकीकरण कार्यक्रममा सहभागी भएनन् ।
२०७६ फागुन २८मा राष्ट्रिय सभागृहमा तत्कालिन राप्रपा र राप्रपा (संयुक्त)वीच भएको पार्टी एकीकरण कार्यक्रममा उनी सहभागी भएनन । यद्यपि, उक्त दिन उनी काठमाडौमै थिए । एकीकरण घोषणा हुँदा उनी आफनै घरमा बसेका थिए ।