२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल तरुण दल

स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट वीपी काेइरालाको तस्बिर हटाइयोः तरुण दलद्वारा निन्दा

अविलम्व नराखिए आन्दोलनमा उत्रिन बाध्य हुने

आइतवार , श्रावण ११, २०७७

काठमाडौं साउन। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट महामानव वीपी कोइरालाको तस्बिर हटाइएको भन्दै नेपाल तरुण दलले गम्भीर आपत्ति प्रकट गर्दै निन्दा गरेको छ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै उक्त तस्बिर सोही स्थानमा अविलम्व नराखिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

‘महामानव वीपी कोइरालाको नाममा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कार्यालयमा सुरुवाति अवस्थाबाट राखिएको महामानव वीपी कोइरालाको तस्बिर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार सुन्नमा आएकोले सो कार्य खेदजनक र निन्दनीय हो । अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने यस्ता घृणित मानसिकताप्रति नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ।

हटाइएको उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रीन बाध्य हुने हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने छ भन्ने चेतावनी पनि दिन चाहान्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रथम जन निर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाप्रति हुने कुनै पनि प्रकारका अपमान र उनको अस्तित्व मेटाउने प्रयत्न कति कतैबाट भए सो कार्य नेपाल तरुण दललाई सैह्य नहुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार