२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा बिबाद चुलिँदै

पूर्वमाओवादी सम्वद्ध एकत्रित हुनथाले : “छलफल थाले प्रचण्डले”

एक सदस्यले भने : 'अब बिस्तारै पूर्व माओवादीलाई समेट्दै लाने प्रयास हो’

मंगलवार , श्रावण ६, २०७७

 


काठमाडौं, साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बिबाद लम्बिदै गएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले पूर्वमाओवादी सम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफलको थालनी गरे । अध्यक्ष प्रचण्डले सोमबारदेखि आफ्ना माओवादी सम्बद्ध नेताहरुलाई आफ्नै निवास खुमलटारमा बोलाएर छलफल थाले । उनले माओवादी सम्बद्ध नेताहरुलाई नेकपा केन्द्रीय कमिटीको पछिल्लो बैठकदेखि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तासम्मका घटनाक्रमबारे ब्रिफिङ गरेका छन ।

भेला थियो पूर्वमाओवादीको । तर उनीहरुले यस भेटघाटलाई ॅपूर्वमाओवादी’ भनेर नप्रष्यटाइए पनि बैठकले परिस्थिति जटिल भएकाले राय सल्लाह गर्नुपर्ने अवस्था आएकाले छलफलका लागि बोलाएको प्रचण्डले बताएका थिए । हामीले पार्टी एकता त गर्यौ तापनि सांगठनिक एकताका काम बाँकी भएको बताएका थिए ।
उनले पूर्वमाओवादीको गुट नभन्ने तर विचारका हिसाबले बेला बेलामा छलफल गर्दै जान आवश्यक भएको निष्कर्ष निकालिएको उपस्थित एक सदस्यले भने । पूर्व एमालेसँग भने यसरी नै छलफल गर्ने उनले डेमोखबरलाई बताए ।
बैठकमा अध्यक्ष प्रचण्डसहित सबै स्थायी कमिटी सदस्यले पार्टी एकता जोगाउनुपर्नेमा भने जोड दिएका थिए । तापनि अस्तित्व सकेर भने पार्टी एकता जोगाउन अप्ठेरो परेको जनाएका छन । पार्टीमा सहभागी एक सदस्यले भने, ॅअब बिस्तारै पूर्व माओवादीलाई समेट्दै लाने प्रयास हो ।’
मंसिरमा पार्टी महाधिवेशन गर्ने अर्का अध्यक्ष ओलीको प्रस्तावमा सहमत हुन नसक्ने प्रचण्डले बताएका छन् । शनिबार भएको सचिवालय बैठकमा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । महाधिवेशनबाट प्रचण्डलाई अध्यक्ष बनाउने तर जनताको बहुदलीय जनवाद (जबज)लाई स्वीकार गर्नुपर्ने ओलीको प्रस्ताव रहेको प्रचण्डले सुनाए ।
त्यही प्रस्तावमा सहमति गराउन सचिवालय बैठक लगतै प्रधानमन्त्री ओलीले उनलाई राष्ट्रपति कार्यालय शीतल निवास बोलाइएको थियो । तर आफू सहमत नभएको प्रचण्डले बताए । वैचारिक विषय नटुंग्याई महाधिवेशन गर्दा पदका लागि मात्र गरेको सन्देश जाने उनले बताए ।
बैठकले जारी स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काउने र एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ । ‘अब बैठकलाई धेरै लम्ब्याउनु हुन्न, एउटा निष्कर्षमा पुर्‍याउनुपर्छ’ बैठकमा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टीको समस्या समाधानका लागि पहिलो अध्यक्ष र प्रधानमन्त्री भएकाले केपी ओलीले निकास दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार