२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेसले सुवर्ण ज्वारचनलाई बनायो सांसद, आज सपथ

आइतवार , श्रावण ४, २०७७

काठमाडौँ,  साउन  । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गुल्मीकी सुवर्ण ज्वारचनलाई प्रतिनिधिसभा सांसद बनाएको छ।

प्रतिनिनिधसभा सभानुपातिकतर्फकी सांसद बागलुङकी ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि रिक्त स्थानमा ज्वारचनलाई सांसद बनाउने कांग्रेसले निर्णय गरेको थियो।

कांग्रेसले समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाउँदा छन्त्यालपछि ज्वारचनको नाम राखेको थियो। ‘उहाँलाई सांसद बनाउन पार्टीले पनि सिफारिस गरिसकेको थियो।

उहाँ सांसद हुँदै हुनुहुन्छ भन्ने निर्वाचन आयोगबाट पार्टीमा पत्र पनि आइसकेको छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले  भने। आइतबार दिउँसो सिंहदरबारस्थित संसद सचिवालय कृषि समितिको सभाहलमा ज्वारचनलाई सांसदको सपथ खुवाउने कार्यक्रम छ।

सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको सपथ गराउने संघीय संसद सचिवालयले जनाएको छ। ज्वारचन लामो समयदेखि कांग्रेसमा क्रियाशील छिन्। उनले वि.सं. २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन्।

ज्वारचन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा २०७३ मंसिर १५ गते सहरी विकास राज्यमन्त्री भएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार