२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश १ को बजेट अधिवेशन

प्रदेश १ को बजेट अधिवेशन आजदेखि, सांसदहरूको कोरोना परीक्षण अनिवार्य

यस प्रदेशमा कूल ९३ सांसद

मंगलवार , जेठ १३, २०७७

काठमाडौं, जेठ ।  प्रदेश १ सभाको छैटौं तथा बजेट अधिवेशन आजबाट शुरू हुँदैछ।

सामाजिक दूरी कायम गर्दै पहिलेको सभाहलमा बैठक संचालन गर्न साँघुरो भएपछि भुँई तला र पहिलो तलामा दुई वटा हलबाट बैठक चलाउने तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बैठकमा सहभागी हुन सांसदहरूको कोभिड-१९ परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ। सचिवालयले मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, संसदीय दलहरुका पदाधिकारीसहित सांसदहरुको स्वाब परीक्षण गराइसकेको छ। यस प्रदेशमा कूल ९३ सांसद छन्।

सभाहलभित्र ६५ वटा र माथिल्लो तलामा ३० वटा कुर्सीको व्यवस्था गरिएको छ। माथिल्लो हलमा बस्ने सांसदहरुले टेलिभिजन सेटमार्फत भुँईतलाको गतिविधि अवलोकन गर्ने र माथिल्लो हलको गतिविधि भुँईतलामा रहेको टेलिभिजन सेटबाट अवलोकन गरिनेछ।

सभामुखले कम्प्युटरको मोनिटरबाट माथिल्लो सभाहलको गतिविधि अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार