२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

भारी र अतिभारी वर्षाको जोखिम : ' उच्च सतर्कता अपनाउन अनुरोध'

आइतवार , आश्विन ११, २०८३

काठमाडौँ, असोज ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न जिल्लाहरूमा आगामी १० घण्टासम्म धेरै भारी तथा अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार वर्षाको उच्च जोखिम रहेका क्षेत्रहरूमा सम्भावित विपद्बाट बच्नका लागि निम्न कदमहरू चाल्न आग्रह गरिएको छ ।

अति भारी वर्षाको सम्भावना भएका जिल्लाहरूमा स्याङ्जा, तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र चितवन रहेका छन् ।

 

भारी धेरै भारी वर्षाको सम्भावना रहेका जिल्लाहरूमा दाङ, प्युठान, अर्घाखाँची, गुल्मी, बाग्लुङ, म्याग्दी, पर्वत, कास्की, मनाङ, लमजुङ, गोर्खा, धादिङ, मकवानपुर र पर्सा रहेका छन् । ती क्षेत्रहरूमा विभिन्न काम नगर्नसमेत आग्रह गरिएको छ ।

सवारी आवागमनमा रोक: जोखिमपूर्ण क्षेत्रहरूमा सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गर्न र गराउन अनुरोध गरिएको छ। सुरक्षित स्थानमा स्थानान्तरण: बाढी, पहिरो तथा डुबानको उच्च जोखिममा रहेका क्षेत्रका घरपरिवारलाई विपद् प्रतिकार्य हुनुपूर्व नै सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ।

प्रतिकार्यका लागि तयारी: विपद् व्यवस्थापनसँग सम्बद्ध निकायहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ। सर्वसाधारणलाई स्थानीय प्रशासनको सूचना पालना गर्न, नदी तटीय क्षेत्र तथा भिरालो जमीन आसपास नजान र आपत्कालीन अवस्थाका लागि पूर्वतयारीमा रहन आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार