२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य :  प्रतितोला एक हजार चारसय बढ्यो

बुधवार , पौष १७, २०८१

 

काठमाडौँ,  पुस । आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको मूल्य बढेको हो । 

मङ्गलबार प्रतितोला रु एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला रु एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन । आज चाँदी प्रतितोला रु एक हजार सात सय ६५ मा किनबेच हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार