२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

धनगढीमा आरटीपीसीआर मेसिन : "जडान हुँदै, परीक्षण भोलिबाट"

बुधवार , चैत्र २६, २०७६

कैलाली, चैत  । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि धनगढीमा अत्याधुनिक उपकरण जडान थालिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको आरटीपीसीआर मेसिन धनगढी ल्याइएकाे हाे । 

अहिले याे मेसिन जडान कार्य भइरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार बिहान आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पुगेको थियो ।

उक्त उपकरणबाट दैनिक २५० भन्दा बढीको परीक्षण गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिन धनगढी ल्याइएको छ । मेसिन धनगढीस्थित भेटेरिनरी प्रयोगशालामा जडान गरिएको हो ।

आजबाट थालिएको मेसिन जडान भोलि साँझसम्ममा सकिने छ । त्यसलगत्तै बिहीबार साँझबाट परीक्षण सुरु हुने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार