२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुन घटेर एक लाख ४८ हजार पाँच सयमा कारोबार

शुक्रवार , पौष ५, २०८१

काठमाडौँ, पुस ।शुक्रबार सुन तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार