२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनचाँदीको मूल्य घट्यो

आइतवार , मंसिर ३०, २०८१

 

काठमाडौँ, मङ्सिर । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे  छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  । 

गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू एक हजार दुई सयले घटेको हो । 

शुक्रबार प्रतितोला रू एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ  । शुक्रबार प्रतितोला रू एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रू एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार