२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुदूरपश्चिम प्रदेश सरकार

लकडाउन : "लम्ब्याउन केन्द्र सरकारलाई सुदूर पश्चिम प्रदेश सरकारको सिफारिस"

संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्ष

आइतवार , चैत्र २३, २०७६

काठमाडौं, चैत । लकडाउनको अवधि लम्ब्याउन सुदूरपश्चिम प्रदेश सरकारले केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको जानकारी दिइएकाे छ । 

कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ ।

लकडाउनको अवधि लम्बिने चर्चा चलिरहेको बेला शनिबार बसेको संघीय मन्त्रिपरिषद बैठकले त्यसबारे कुनै निर्णय गरेन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार