२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य   :  ' निरन्तर उकालो, आज प्रतितोला  रु एकलाख ६८ हजार पाँचसय'

मंगलवार , कार्तिक १३, २०८१

 

काठमाडौँ,  कात्तिक । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ । 

सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो । 

यसैगरी,चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार एक सय पाँच कायम भएको महासङ्घले जनाएको छ । 

सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार ७५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार