२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

'बचतकर्ताले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ' : अध्यक्ष नेपाल

सोमवार , कार्तिक १२, २०८१


कास्की, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन । 

समाजवादी प्रेस संगठन कास्की भने , “दोषी कसैले उन्मुक्ति नपाउन्, निर्दोशी कोही पनि नफसुन् । राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि काम हुनुहुँदैन । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ ।”

एकीकृत समाजवादी पार्टीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको अध्यक्ष नेपालले बताए । 

विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान आफूहरू तयार रहेको उनले स्पष्ट पारे ।

 “विषयवस्तुमा सहकार्यमा गरेर अघि बढ्न तयार छौँ । अरु पार्टीसँग मिल्ने र एकता गर्ने स्थिति अहिले छैन,” नेपालले भने । 
–––

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार