२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

     नेप्से परिसूचक  :  फेरि घट्यो,  कारोबार रकम बढ्यो 

बुधवार , कार्तिक ७, २०८१

 

काठमाडौँ,  कात्तिक । सेयर कारोबार मापक नेप्से परिसूचक २० .४१ अंकले घटेको छ । अघिल्लो कारोबार दिन २५.८८ अंकले बढेको नेप्से आज शून्य दशमलव ७६ प्रतिशतले घटेको हो ।

नेप्से २६४५.३९ विन्दुमा बन्द भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५५ कम्पनीको मूल्य घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ६५ हजार ९१ पटकको सेयर किनबेचबाट १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भए । 

आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

फाइनान्स र व्यापारबाहेक सबै उपसमूह घटे । फाइनान्स ७६.२३ र व्यापार ९.१८ अंकले बढेको छ । 

घट्ने उपसमूहहरुमा जिवन बिमा, होटल तथा पर्यटन उपसमूह घटे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार