२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेप्से परिसूचक  : ' २६ अंकले बढ्यो, ४ अर्बको सेयर कारोबार '

मंगलवार , कार्तिक ६, २०८१

 

काठमाडौँ, कात्तिक । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.८८ अंकले बढेर २ हजार ६ सय ६५.८१ विन्दुमा उक्लेको छ । सोमबारको तुलनामा नेप्से ०.९८ प्रतिशतले बढी हो । 

आइतबार र सोमबार दुवै दिन घटेको नेप्से मंगलबार दोहोरो अंकले बढेको हो ।

सो दिन कारोबारमा आएका मध्ये १९९ वटा कम्पनीको सेयर मूल्य बढ्यो, ४० वटाको घट्यो भने बाँकी ५ वटा कम्पनीको स्थिर रह्यो ।

५३ हजार ६७८ पटकको कारोबारमा १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार