२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य :  तोलामा एक सयले घट्यो

बिहिवार , भाद्र २७, २०८१

 


काठमाडौँ, भदौ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीनसय रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो । 

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । 

बुधबार प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७९५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार