काठमाडौँ, भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्ट अपका लागि नेपालमा अनुकूल वातावरण बनेको बताएका छन् ।
बुधवार काठमाडौंमा स्टार्ट अप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कामको खोजीमा युवाहरु दिनहुँ विदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न अब नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले देशबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्ट अप महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे । स-साना पुँजीले अलि ठूला कामहरु गर्ने गरी अघि बढ्नुपर्छ ।
स्टार्ट अप विभिन्न क्षेत्रमा चान्स छ । अब हामी कहाँ एक ढंगले भन्ने हो स्टार्टअपका लागि अनुकुल वातावरण बनेको छ । हाम्रा युवाहरु बाहिर गइरहेका छन् । कामको खोजिमा, त्यो भन्दा राम्रो अवस्था यहाँ स्टार्टअपबाट ल्याउन सकिन्छ ।
सिप, आम्दानी, आत्मविश्वास बढाउन सकिन्छ, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले उद्यमशिलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने बताए । स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभई माध्यम भएको उनको धारणा थियो ।