२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको भाउ आकासियो  :  तोलाको एकलाख ५२ हजार ६००  पुग्यो 

आइतवार , भाद्र २, २०८१



काठमाडौँ, भदौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च कायम भएको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय तोकिएको छ ।

शुक्रबारको तुलनमा सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यसअघि साउन २९ गते नेपाली बजारमा सुनको भाउले रेकर्ड राखेको थियो । उक्त दिन छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको थियो ।

त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ५६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार