२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 नेपाल आयल निगम  : पेट्रोलियम पदार्थको मूल्य घट्यो

बिहिवार , श्रावण ३१, २०८१

 

काठमाडौँ,  साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । 

निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटाएको जनाएको छ । 

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर  १६७ रहेकामा रु १६२ कायम भएको छ । 

दोस्रो वर्गका लागि प्रतिलिटर रु  १६९ रहेकामा रु  १६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु  १७० रहेकामा रु  १६५ कायम गरिएको छ । 

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु १५५ रहेकामा रु  १५२ कायम गरिएको छ । 

साथै दोस्रो वर्गका लागि रु १५७ रहेकामा रु १५४ र तेस्रो वर्गका लागि रु १५८ रहेकामा रु  १५५ कायम गरिएको निगमले जनाएको छ । 

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । 

साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार