२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

लकडाउनलाई प्रभावकारी बनाउन बेदकोटका युबा जुटे

बुधवार , चैत्र १२, २०७६

कञ्चनपुर, चैत । 'आफू पनि बचौँ र अरुलाई पनि बचाँउ' भन्ने मुख्य अभिप्रायका साथ सरकारले घोषणा गरेको लकडाउनलाई अझैँ प्रभावकारी बनाउन कञ्चनपुरस्थित बेदकोट नगरपालिका महुलिया टोलका युवाहरुले उल्लेखनिय कदम थालेका छन।

लकडाउनलाई जनताले राम्रोसंग नबुझेको र यसलाई गम्भिरतापुर्वक नअपनायको स्थितिमा महुलिया टोलका युवाहरुले सचेतना कार्यक्रमसहित टोलकै युवाहरुको संलग्नतामा सडक अबरुद्ध गरि लकडाउनलाई कडाईका साथ कार्यन्वन गरेका छन।

टोलबासी भुवनकाजी भट्टले डेमोखबरसँगको कुराकानीमा भन्नुभयो, 'सर्वसाधारणले लकडाउनलाई राम्राेसंग नबुझेको र हामीले बुझाँउदा सहज रुपमा बुझ्ने भएकाले यो कदम चालेका हौँ ।"

उनले भने, 'भारतसंगको खुल्ला नाका भएकाे कञ्चनपुरमा युवाहरुले आफ्नो आफ्नो टोलबाट सुरु गरेका छन् । यो कदम उदारहणाीय  बनेकाे र यो कार्यबाट देशभरका र युवाहरुले सिक्नु जरुरी छ। सबैजना सुरक्षित रहनु होला।'

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार