रंगेली, चैत । मोरंगको रंगेली अस्पतालको आइसोलेशन वार्डमा आज दिउसो शंकास्पद एक जना विरामीलाई भर्ना गरिएको छ । भर्ना भएका विरामी मोरंगको सुनवार्षि नगरपालिका ५ बस्ने ३५ वर्षिय युवक रहेको अस्पतालले जनाएको छ ।
उच्च ज्वरोसहित निमुनियाको समस्या बाट पिडीत भई उपचारका लागी रंगेली अस्पताल पुगेपछी चिकित्सकहरुले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उनलाई छुट्टै आइसोलेशन वार्डमा राखेर उपचार थालेका छन् ।
रंगेली अस्पतालका मेडिकल सुपरटेण्डन डा.रोहेन्द्र पाण्डेले विरामीमा उच्च ज्वरोसंगै निमुनिया रहेकाले कोरोनाको संक्रमणलाई ध्यानमा दिदै आइसोलेशनमा राखेर उचपार थालिएको सञ्चारकमीर्लाइ बताए। विरामीलाई निगरानी राखेर उपचार गरिरहेकाले थप कुनै समस्या देखिए विरामीको स्वाब समेत परिक्षण गरिने डा. पाण्डेले जानकारी दिएका छन् ।
भर्ना भएका ति युवकको छिमेकी रोजगारीको भारतको केरला राज्य बाट केही साताअघि आएको सुचना पाएपछी रंगेली अस्पतालका डाक्टर र रंगेली प्रहरी सहितको टोलीले सो क्षेत्रको अनुगमन समेत गरेको प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए छन् ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको संकक्रमणलाई मध्यनजर गरी यस अघि नै रंगेली नगरपालिकाले रंगेली अस्पतालमो ५ वेडको आइसोलेशन वार्ड तयार गरेको थियो ।